Nicht lieferbar
Mochan (eBook, ePUB) - Acharya, Tulasi
Schade – dieser Artikel ist leider ausverkauft. Sobald wir wissen, ob und wann der Artikel wieder verfügbar ist, informieren wir Sie an dieser Stelle.
  • Format: ePub

पारिजातको 'शिरीषको फूल'लाई प्रस्थानबिन्दु बनाएर न्यून पात्रहरूको उपस्थापनमा जीवन भोगाइका अनेक आयाम अभिरेखित यो उपन्यासले जीवनका अक्करिला बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित गरेको छ । नेपाल र अमेरिकाको परिवेश र जीवन पद्धतिको रोचक वर्णनले कथानक जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ खुराक समेत पस्किएको छ । यो संघर्षशील एक पात्रको यस्तो जीवनयात्राको आलेख हो जसले पाठकलाई पात्रसँगै सानिध्य गराउँछ; दुःखि बनाउँछ, खुसि बनाउँछ, हँसाउँछ र रुवाउँछ पनि । जीवनदर्शन, ध्यान, योग र अध्यात्मका अलावा वैवाहिक र विवाहेत्तर रतिराग र प्रेम प्रणयको चित्ताकर्षक…mehr

  • Geräte: eReader
  • mit Kopierschutz
  • eBook Hilfe
  • Größe: 0.49MB
  • FamilySharing(5)
Produktbeschreibung
पारिजातको 'शिरीषको फूल'लाई प्रस्थानबिन्दु बनाएर न्यून पात्रहरूको उपस्थापनमा जीवन भोगाइका अनेक आयाम अभिरेखित यो उपन्यासले जीवनका अक्करिला बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित गरेको छ । नेपाल र अमेरिकाको परिवेश र जीवन पद्धतिको रोचक वर्णनले कथानक जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ खुराक समेत पस्किएको छ । यो संघर्षशील एक पात्रको यस्तो जीवनयात्राको आलेख हो जसले पाठकलाई पात्रसँगै सानिध्य गराउँछ; दुःखि बनाउँछ, खुसि बनाउँछ, हँसाउँछ र रुवाउँछ पनि । जीवनदर्शन, ध्यान, योग र अध्यात्मका अलावा वैवाहिक र विवाहेत्तर रतिराग र प्रेम प्रणयको चित्ताकर्षक वर्णन मूलतः वयस्क पाठकलाई अझ बढी अर्थपूर्ण र उपयोगी छ । कथानकको संरचना र प्रस्तुतीले पाठकलाई यसरी लट्ठ्याउँछ कि उपन्यास समाप्त नहुँदासम्म पाठकले न परिणामको आँकलन गर्न सक्छ न पठनलाई विश्राम नै दिन सक्छ । यस उपन्यासमा एक पुरुष पात्रको प्रेम, माया र सम्बन्धको अन्तरङुग प्रस्तुत छ । पारिवारिक उत्साहका साथ विवाह गरेर ल्याइएकी श्रीमतीसँग सम्बन्धको बढुदो टकराब र चिसोपनले ऊ पारपाचुके नै नगरी अलग्गिन्छ र अर्कै युवतीसँग विवाह गर्छ । स्थापित सम्बन्धको बिग्रह र नयाँ सम्बन्धको थालनीबीचको दुर्दान्त पीडा, मानसिक तनाव, जिजीविषा, विजिगीषा र प्राप्त ज्ञान 'इपिफेनी' नै यो उपन्यासको कथ्य हो । उक्त पात्रले सहजताबाट असहजतातर्फ, अपरिपक्वताबाट परिपक्वतातर्फ, प्रेम-घृणा-प्रेमबाट प्रगाढ र प्रेमिल सम्बन्धतर्फ, भौतिकताबाट अध्यात्मतर्फ र देखिएको जीवनबाट भोगिएको जीवनतर्फको यात्रा गरेको छ । प्रेम र आत्मीय सम्बन्ध साँचो अर्थमा के हो ? यसलाई आत्मसात गर्न नसक्ता जीवन कसरी क्षतबिक्षत हुन्छ ? उपन्यास दृष्टान्त छ । भावना, घृणा र संवेदनाको अन्तर्य प्लावित यस उपन्यासले अस्तित्ववादी चिन्तन र शून्यवादी दर्शनको छनकका साथ सम्बन्धको उच्चता र गहिराइको मर्मलाई अत्यन्त मार्मिक ढङुगले प्रस्तुत गरेको छ ।


Dieser Download kann aus rechtlichen Gründen nur mit Rechnungsadresse in A, B, CY, CZ, D, DK, EW, E, FIN, F, GR, H, IRL, I, LT, L, LR, M, NL, PL, P, R, S, SLO, SK ausgeliefert werden.